इजरायली आक्रमणमा आणविक वैज्ञानिकको मृत्यु, युद्ध बीचमा वार्ता सम्भव नहुने इरानको भनाइ

इरानको राजधानी तेहरानको गिशा क्षेत्रमा आज बिहान भएको शक्तिशाली विस्फोटमा एक आणविक वैज्ञानिकको मृत्यु भएको इजरायली मिडिया कानले जनाएको छ।
यो भीषण लडाइमा इरान र इजरायल आमनेसामने छन्। दुवै देशले एकअर्कामाथि बम र मिसाइलको वर्षा गरिरहेका छन् ।इरानले यो भीषण युद्दको बिचमा कुनै बार्ता नहुने स्पस्ट पारेको छ । यसैबीच इरानको राजधानी तेहरानको गिशा क्षेत्रमा आज बिहान हमला भएको छ ।
इजरायली अधिकारीका अनुसार यो विस्फोटको उद्देश्य इरानको आणविक कार्यक्रमसँग सम्बद्ध एक ठूला वैज्ञानिकलाई निशाना बनाउनु थियो।
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इजरायलको आक्रमणलाई लिएर कडा चेतावनी दिएका छन् । उनले इजरायली आक्रमण अन्त्य गर्नु नै शान्तिको एक मात्र बाटो रहेको बताए ।