बैंकिङ कसुरमा फरार प्रतिवादी पक्राउ

तु खबर संवाददाता
२०८२ असार ६, शुक्रबार १६:०३

काठमाडौं। बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजायको फैसला भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर–२२ घर भएर छाउनी बस्ने ५२ वर्षीय प्रवणलाल सिंह छन् । उनलाई बिहीबार छाउनीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीबिरुद्ध २१ लाख बिगो कायम भएको छ । प्रतिवादीलाई काठमाडौँ जिल्ला अदालतका उपस्थित गराइएको हो ।