रास्वपाद्वारा संसद बहिस्कार

तु खबर संवाददाता
२०८२ असार ६, शुक्रबार १४:२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज संस बहिस्कार गरेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान कायमै राख्दै सदन अवरोध गरिरहेको रास्वपाले आज संसद बहिस्कार गरेको हो ।

विरोधमा रास्वपाका सांसदहरू कालो पोशाक र नीलो रिबन लगाएर सदन पुगेका थिए । उनीहरुको अवरोधपछि सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रम समेत संसदको कार्यसूचीबाट हटाइएको छ ।