मध्यपूर्वमा द्वन्द्व समाधान गर्न युद्धविराम आवश्यक : चिनियाँ राष्ट्रपति सी

तु खबर संवाददाता
२०८२ असार ५, बिहीबार २०:५७

चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार मध्यपूर्वमा जारी द्वन्द्व समाधानका लागि युद्धविराम तत्कालै प्राथमिकतामा रहेको र अन्तर्राष्ट्रिय विवाद समाधान गर्न बल प्रयोग गर्नु सही उपाय नभएको बताएका छन्।

मध्यपूर्वको अवस्थाका बारेमा आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फोन वार्ताका क्रममा उनले द्वन्द्वरत पक्षहरू विशेष गरी इजरायललाई जतिसक्दो चाँडो गोलाबारी बन्द गर्न आग्रह गरेका छन।

चिनियाँ राष्ट्रपतिले इरान-इजरायल तनावको बीचमा नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर द्वन्द्वरत पक्षहरूलाई अन्तर्राष्ट्रिय कानूनको कडाईका साथ पालना गर्न र निर्दोष नागरिकहरूलाई हानि नगर्न दृढताका साथ आह्वान गरे।

वार्ता र वार्ता नै निकासको आधारभूत उपाय भएको बताउँदै उनले अन्तर्रा्ष्ट्रिय समुदाय, विशेषगरी द्वन्द्वका पक्षमा विशेष प्रभाव रहेका प्रमुख मुलुकलाई परिस्थितिलाई शान्त पार्न पहल गर्न आग्रह गरे ।

चीनले मध्यपूर्वमा शान्ति स्थापना गर्न रचनात्मक भूमिका खेल्नका लागि सबै पक्षहरूसँग सञ्चार र समन्वयलाई सुदृढ गर्न, उनीहरूको प्रयासलाई जोड्ने र न्यायको समर्थन गर्न जारी राख्न तयार रहेको बताए।