उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर चार दिने भ्रमणका लागि बुधबार बिहान दक्षिण अफ्रिका प्रस्थान गरेकी छन् । यही जुनको १९ र २० मा आइडीइए, ओपन सोसाइटी फाउण्डेसन र दक्षिण अफ्रिकाको अन्र्तराष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा त्यहाँको प्रिटोरिया सहरमा आयोजना गरिएको लोकतन्त्र सम्बन्धी संवादमा भाग लिन रानामगर दक्षिण अफ्रिका प्रस्थान गरेकी हुन् ।
रानामगरले अफ्रिकामा लोकतन्त्रको पुनः परिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’ विषयक उच्चस्तरीय संवादमा भाग लिने कार्यक्रम छ । उपसभामुख रानामगर जेठ ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।