रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

गत चैत १५ गते काठमाडौंमा भएको राजावादी आन्दोलनका क्रममा आरोपी राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँमा छाड्न आदेश दिएको छ । न्यायाधीश तारादेवि महर्जनको एकल इजलासले मिश्रलाई ३ लाख रुपैयाँ बुझाउन र सोही धरौटीको आधारमा रिहा गर्न आदेश दिएको हो ।
मुद्धाको अभियोजनका बेला अदालत उपस्थित नभएका उनी आज आफै अदालत गएका थिए । मिश्रसँगै राप्रपा महामन्त्री धवल शम्शेर राणा पनि ३ लाख धरौटीमा छुटेका छन् ।
मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो ।
मुद्धा दर्ता हुनु अघि जिम्मा जमानीमा छुटेका मिश्र र राणा अदालत नगई फरार भएपछि उनीहरुको जिम्मा लिने अधिवक्तालाई ५० हजार जरिवाना गरिएको थियो ।