गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

तु खबर संवाददाता
२०८२ असार ३, मंगलवार १८:३२

सरकारले दश जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ भने १७ जना सहसचिव र उपसचिवको सरुवा र पदस्थापना गरेको छ ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई डडेल्धुरा, गोरखाका पुण्य पौडेललाई बैतडी, रोल्पाका खिम बहादुर रायमाझीलाई भैरहवा सरुवा गरिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई सप्तरी सरुवा गरिएको गृह मन्त्रालयद्वारा जारी गरिएको सूचनमा उल्लेख छ ।

सूचना अनुसार, सिन्धुलीका प्रजिअ लीला प्रसाद शर्मा, इलामका कल्पना श्रेष्ठ र बैतडीका दीर्घराज उपाध्याय, डोटीका मोहनराज जोशी, डडेल्धुराका चोमेन्द्र न्यौपाने, भोजपुरका प्रमुख जिल्ला अधिकारी नरबहादुर थापालाई गृह मन्त्रालय तानिएको छ ।

गृहमा रहेका सहसचिवहरु नेत्र प्रसाद सुवेदीलाई सल्यान, बुद्धबहादुर गुरुङलाई डोटीको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको गृह मन्त्रालयले जनाएको छ ।