होटलमा श्रीमती भेट्न पुगेका मोक्तान मृत फेला

तु खबर संवाददाता
२०८२ असार ३, मंगलवार १५:०८

हेटौंडा । हेटौंडाको बसपार्कस्थित एक होटलमा श्रीमति भेट्न पुगेका एक युवक मृत फेला परेका छन् । रोशन होटल एण्ड लजमा श्रीमति भेट्न पुगेका हेटौंडा १२ घर भएका ३० वर्षीय युवक अमित मोक्तान सोमबार राति मृत फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

उनी लज भएको घरको छतबाट खसेको प्रहरीले जनाएके छ । उनकी श्रीमति सोही होटलमा कार्यरत रहेको र प्ररम्भिक अनुसन्धानमा घटना शंकास्पद नरहेको पनि प्रहरीको निश्कर्ष छ ।

होटलको तेस्रो तलस्थित छतमा पुगेका मोक्तान रेलिङबाट अचानक खस्न गई भुईंमा पछारिएका थिए । घाइते भएका उनलाई थप उपचारको लागि भरतपुर पठाइएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।