क्यानाडामा जी ७ बैठक, बेलायतसँग अमेरिकाको कर छुट सम्झौता

तु खबर संवाददाता
२०८२ असार ३, मंगलवार १२:२९
फोटो क्रेडिट : क्यानाडा सरकार ।

क्यानाडामा जी ७ राष्ट्रहरुको शिखर सम्मेलन सुरु भएको छ । २ दिनसम्म चल्ने सो शिखर सम्मेलनको अध्यक्षता यस पटक क्यानाडाले गरिरहेको छ । अन्र्तराष्ट्रिय शान्ति, सुरक्षा अर्थतन्त्रको दिगोपना र वृद्धिलागतयका विषयमा जी ७ राष्ट्रहरुबीच छलफल हुनेछ । फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत, संयुक्त राज्य अमेरिका, युरोपियन युनियन र क्यानाडा जी ७ राष्ट्रहरुबीच यो सम्मेलन भइरहेको छ । जुनको १५ देखि १७ सम्म शिखर सम्मेलन संचालन हुनेछ ।

सम्मेलनका क्रममा जी ७ मा सहभागी नेताहरुले मध्यपूर्वमा युद्ध विरामको आह्वान गरेका छन् । मध्यपूर्वमा बढ्दो तनाव घटाउन र युद्ध विराम गर्न आह्वान गरेका हुन् । उनीहरुद्वारा सार्वजनिक एक विज्ञप्तीका अनुसार, ‘शान्ति र स्थिरताप्रति प्रतिवद्धतालाई दोहोर्याएका छन् ।’

त्यस्तै अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले मध्यपूर्वमा रक्षात्मक तयारी मजबुत पार्न थप सैन्य क्षमताहरु पठाउने घोषणा गरेका छन् । ट्रम भने जी ७ सम्मेलन बीचैमा छोडेर अमेरिका फर्किएका छन् ।  अन्य छलफलहरुमा ट्रम्प सहभागी हुने छैनन् ।

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वेलायती गाडीहरुमा लगाउँदै आएको आयात शुल्क घटाउने कार्यकारी आदेश जारी गरेका छन् ।

शिखर सम्मेलनका क्रममा ट्रमले सो सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । कार्यकारी आदेशपछि बेलायतका प्रधानमन्त्री कीर स्टारमरले दुबै देशका लागि अत्यन्त महत्वपूर्ण सम्झौताको रुपमा रहेको बताए । यस सम्झौतापछि बेलायतबाट अमेरिका पठाइने गाडीहरुमा १० प्रतिशत मात्रै आयात कर लाग्ने छ । यसअघि यसको दर २५ प्रतिशत थियो । बेलायतले भने अमेरिकी गाइको मासुमा लगाइदै आएको २० प्रतिशत टारिफ हटाउने सहमति दिएको छ ।

विश्वको अर्थव्यवस्था, युक्रेनका सम्बन्धमा साझा धारणा निर्माण, जलवायु परिवर्तन र सुरक्षा, अमेरिकाले हालै घोषणा गरेका विभिन्न करका दर सम्बन्धमा छलफल हुने कार्यसूची छ । यस अघि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले आमन्त्रित देशका प्रमुखहरुलाई स्वागत गरेका छन् ।

अध्यक्षता गर्ने देशले शिखर सम्मेलनको आयोजना गर्ने र त्यसको व्यवस्थापन गर्ने जिम्मा लिने परम्परा छ । शिखर सम्मेलनअघि मन्त्री र बरिष्ठ सरकारी अधिकारीहरुबीच पनि वैठक आयोजना हुँदै आएको छ र यसपटक पनि क्यानाडामा शिखर सम्मेलनको तयारी स्वरुप विभिन्न देशका मन्त्रीहरुबीच वैठक भएको थियो ।

जी ७ को सुरुवात १९७० को दशकमा फ्रान्स र जर्मनीका आर्थिक मन्त्रीहरुबीच भएको थियो । त्यसकै विकसित रुपमा अहिलेको जी ७ आयोजना भइरहेको छ ।

क्यानाडाले अध्यक्षताका क्रममा विश्वस्तरमा भएको सुरक्षा र त्यसको चुनौती, आर्थ व्यवस्थामा आएको संकट र समाधान, विभिन्न स्वास्थ्य समस्याहरु र विकासका सम्बन्धमा देखिएका चुनौतीहरु समाधान गर्न नविन पहलहरु गर्न नेतृत्व गरिरहेको छ ।