भन्सार चेकप्वाइन्टबाट १८ लाख रुपैयाँसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८२ असार २, सोमबार ०९:५२

काठमाडौं । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट १८ लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगन्जले वीरगन्ज–२ छप्कैया बस्ने २१ वर्षीय युवक र बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ का ४० वर्षीय पुरुषलाई नियन्त्रणमा जेठ ३० गते लिएको हो।

रकमको स्रोत नखुलेकाले अवैध रूपमा रकम ओसारपसार गरेको आशंकामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।