बागमती प्रदेशमा बजेट प्रस्तुत जारी

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुरू भएसंगै आगामी आर्थिक वर्ष २०८२ र ०८३ को बजेट प्रस्तुत भइरहेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन काफ्लेले प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् । बजेटको आकारको विषयमा विवाद भएपछि दिउँसो ३ बजे प्रस्तुत गर्ने भनिएको बजेट प्रस्तुत हुन सकेको थिएन । सचिव र मन्त्रीबीच बजेटको विषयलाई लिएर तनाव भएको सूचनाहरु सार्वजनिक भएका थिए ।
राति अबेर गरी बजेट प्रस्तुत भइरहेको छ ।