संसद् खोल्नेबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षी बीच दुई बुँदे सहमति

तु खबर संवाददाता
२०८२ जेष्ठ ३०, शुक्रबार १६:३५

काठमाडौँ-भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे सत्तारुढ दलहरू र प्रमुख प्रतिपक्षी माओवादीबीच दुई बुँदे सहमति भएको छ ।भिजिट भिसा प्रकरणको छानबिन र अध्ययन गर्न उपयुक्त संयन्त्र गठन गर्ने गरी दुई बुँदे सहमति भएको हो ।

सत्तापक्षबाट एमाले मुख्य सचेतक महेश बर्तौला र प्रमुख प्रतिपक्ष माओवादी प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

सत्तापक्ष र प्रमुखप्रतिपक्षको सहमतिमा विपक्षी रास्वपाले भने विरोध जनएको छ।

यस्त्तो  छ सत्तापक्ष र प्रमुखप्रतिपक्षकोदुई बुँदे सहमति

१. भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुयाउने नै छ। उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरेबमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।

२. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानविन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।