तीनकुने घटना : दुर्गा प्रसाईसमेत ७ जनालाई थुनामा पठाउने आदेश

तु खबर संवाददाता
२०८२ जेष्ठ ३०, शुक्रबार ०८:३४
file-photo

काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनका आरोपी दुर्गा प्रसाईंसमेतलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुबराज कार्कीको इजलासले सो घटनामा आरोपी ७ जनालाई थुनामा पठाउने आदेश गरेको हो । ३२ जनालाई घरौटी लिएर छाड्न अदालतको आदेश छ ।

दुर्गा प्रसाद प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपानी रेग्मी, शुसिल बराल,केशव बस्नेत, कुमार तामाङलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश अदालतको छ ।

गत जेठ २० गतेदेखि भएको थुनछेक बहस सकिएपछि हिजो मध्य राति अदालतको आदेश आएको हो । काठमाडौं प्रहरीले ६१ जनामाथि अभियोग लगाएको थियो जसमध्ये ४ जना नाबालक थिए ।

प्रसाईंसमेत ८ जनालाई ज्यान मुद्धामा अभियोजन गरिएको छ । सो मुद्धाबाहेक अन्य थप मुद्धाहरु पनि लगाएको छ । रबीन्द्र मिश्र र धवल शम्शेर राणा भने अदालतमा उपस्थित नभई फरार रहेको अदालतले जनाएको छ ।