न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस

तु खबर संवाददाता
२०८२ जेष्ठ २९, बिहीबार १४:२०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्को सदस्यमा महेश नेपालको नाम सिफारिस गरेका छन् । रिक्त हुने ठाँउमा प्रधानमन्त्रीले नेपालको नाम सिफारिस गरेका हुन् । अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले नेपाललाई न्यायपरिषद् सदस्यमा नियुक्त गर्नेछन् ।

नेपालको संविधानको धारा १५३ अनुसार एक जना न्याय परिषद् सदस्य प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।

यसअघि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त भएका रामप्रसाद भण्डारीको कार्यकाल यही असार ९ गतेबाट सकिने भएकाले नियमनासुर संसदीय सुनुवाइ प्रक्रियाका लागि आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद सचिवालयमा पठाउने भएको छ ।