अफताब आलमलाई उच्च अदालतले दियो सफाइ

तु खबर संवाददाता
२०८२ जेष्ठ १४, बुधबार २१:५३
file-photo

काठमाडौं । बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोपमा जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएका कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमले उच्च अदालत बीरगञ्ज इजलासबाट सफाइ पाएका छन् ।

जिल्ला अदालत रौतहटको फैसला उल्टाउँदै उनलाई उच्च अदालत बीरगञ्जले सफाइ दिएको हो । २०६४ चैतमा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए ।

जिल्ला अदालतको सो फैसलाबिरुद्ध उनी उच्च अदालत गएका थिए । उच्च अदालतले उनलाई सफाइ दिएको हो ।