नक्कली सुनको मुर्ति देखाई ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । नक्कली सुनको मुर्ति देखाई ठगी गरेको अभियोगमा संखुवासभा धर्मदेवी नगरपालिका-३ बाइसजोरे बस्ने ४९ वर्षीय काशीनाथ पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली सुनको (बुद्ध भगवानको) मुर्ति सस्तो दर भाउमा मिलाई दिन्छु भनी प्रलोभनमा पारी भक्तपुर मध्यपुर थिमी नगरपालिका-६ बस्ने धनकुटा, धनकुटा नगरपालिका-४ घर भएका ३९ वर्षीय पुरूषसँग गत मंसिर ८ गते १० लाख रूपैयाँ र काठमाडौं न्यूरोड बस्ने सुनसरी बराहक्षेत्र नगरपालिका-१ घर भएका २४ वर्षीय पुरूषसँग गत चैत ११ गते ११ लाख ८५ हजार रूपैयाँ लिई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।