यी हुन् मन्त्रिपरिषद् बैठकका २२ निर्णय

तु खबर संवाददाता
२०८२ जेष्ठ २,बिहीबार २१:३२

काठमाडौं । मन्त्रिपरिषदको बैठकका पछिल्ला बैठकहरु (बैशाख २५ गते र बैशाख ३१) ले लिएका निर्णयहरु सार्वजनिक भएका छन् ।

दुई वटा बैठकमा विभिन्न २२ वटा निर्णय भएका छन् । जसमा नेपाल प्रहरीका एआईजी सुदिप गिरीलाई दुवईमा आयोजना भएको (बैशाख ३१ देखि जेठ १ गतेसम्म) वर्ल्ड पुलिस समिटिमा भाग लिन स्विकृति दिनेदेखि उर्जामन्त्री दीपक खड्काको चीन भ्रमणको स्विकृतिसम्मका निर्णय समेटिएका छन्।

यस्तै, मन्त्रिपरिषद् बैठकले झापाको दमकमा निर्माण भएको दमक भ्यूटावरलाई सञ्चालन गर्न अनुमति दिएको छ । टावर भने सशुल्क सञ्चालनको अनमुति दिएको हो । मन्त्रिपरिषद् बैठकका निर्णयमा गभर्नर नियुक्तीको लागि सिफारिश समितिलाई पूर्णता दिएको विषयपनि समावेश गरिएको छ ।