संवैधानिक नियुक्तिविरुद्धको सुनुवाइ आज

काठमाडौँ । अध्यादेशमार्फत् संवैधानिक आयोगहरुमा गरिएको नियुक्तिविरुद्धको रिटमा आज बुधबार सुनुवाइ हुँदैछ ।
गत माघ ३० गतेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासमा ती रिटमाथि सुनुवाइ सुरु भएको थियो ।
कानून व्यवसायीहरुले बहस गर्दागर्दै समय सकिएको सो रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।
यसअघि अधिवक्ता ओम प्रकाश अर्याल र चन्द्रकान्त ज्ञवालीले बहस गरेका थिए । ज्ञवालीले बहस गर्दागर्दै समय सकिएपछि आजको लागि पेसी तोकिएको थियो ।
ओली नेतृत्वको सरकारले २०७७ र २०७८ मा अध्यादेशमार्फत १३ संवैधानिक निकायका कुल ६१ पदमध्ये रिक्त ५२ संवैधानिक पदाधिकारी नियुक्त गरेको थियो । सो नियुक्तिविरुद्ध १५ वटा रिट निवेदनहरु दर्ता गरिएको थियो ।