मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा स्किम श्रेष्ठ

तु खबर संवाददाता
२०८१ फाल्गुन ९, शुक्रबार २०:५०

हेटौंडा । मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सिडीओ) को रुपमा स्किम श्रेष्ठ आउने भएकी छिन् ।

गृह मन्त्रालयले यस अघि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सिडीओको रुपमा कार्यरत श्रेष्ठलाई मकवानपुरको सिडीओको रुपमा खटाउने निर्णय गरेको हो ।

केही मिनेटअघि मात्र गृह मन्त्रालयले श्रेष्ठलाई मकवानपुर सरुवा गर्ने निर्णय गरेको हो । उनको ठाउँमा रौतहटमा कार्यरत सिडीओ हिरालाल रेग्मीलाई खटाउने निर्णय पनि गृह मन्त्रालयले गरेको छ ।