दुर्घटनामा परेर ट्याक्टरका सह–चालकको मृत्यु

तु खबर संवाददाता
२०८१ माघ २०, आईतवार १०:२४

गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा परेर सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ को देबबहादुर बिकको मृत्यु जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार, जिल्ला गुल्मी कालिगण्डकी गाउँपालिका वडा नम्वर–२ बिसौनास्थित भित्री कच्ची सडकखण्डमा लु ३ त ५११२ नम्वरको ट्याक्टर दुर्घटनामा भएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका बिकलाई उपचारको लागि गल्याङ नगर अस्पताल स्याङ्जामा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

ट्याक्टर आफैं अनियन्त्रित भई बाटोबाट अन्दाजी ६० मिटर तल खसेको थियो । दुर्घटनामा चालकको हाल नाम, थर वतन नखुलेको फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।