धोती दिवस मनाउने जनमतको निर्णय

काठमाडौं । जनमत पार्टीले यही पुष १७ गते राष्ट्रिय पोसाक (धोती) दिवस मनाउने निर्णय गरेको छ ।
पार्टीको आइतबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको पार्टी केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले बताए ।
उनका अनुसार, बैठकले सबै जिल्लामा जिल्ला स्तरीय राष्ट्रिय पोसाक (धोती) दिवस आ–आफ्नो मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर कार्यक्रम गर्ने निर्णय गरेको हो ।