नेपाली सेनामा भर्ना खुल्यो

काठमाडौं । नेपाली सेनाको विभिन्न प्राविधिक पदमा भर्ना खुलेको छ । नेपाली सेनाले प्राड, प्राविधिक, हवाई र विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदमा ३०१ जनाका लागि भर्ना खुलाएको हो ।
भर्ना छनौट निर्देशनालयले आज एक सुचना जारी गर्दै नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुलेको जनाइएको हो ।
जारी सूचना अनुसार, दरखास्त दिने म्याद आज मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म रहेको छ ।
केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने जनाइएको छ ।
हेर्नुहोस् सूचना ।