मकवानपुरमा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै

मकवानपुर । मकवानपुरमा जिल्ला स्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदैछ ।
तुलसी मेहर आवासीय माध्यामिक विद्यालयको मुख्य प्रायोजनमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौंडा र छहारी युवा समाजको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
जिल्लामा पहिलो पटक जिल्ला स्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगिता आगामी असोज ३, ४ र ५ गते हुने आयोजक समिति सदस्य मनोज लामा स्याङ्नातले जानकारी दिए ।
हुप्राचौरमा रहेको भलिवल कोर्टमा हुने प्रतियोगितामा ४० वर्ष उमेर पूरा भएका सुरक्षा निकायमा कार्यरत बाहेक १ वर्षदेखि मकवानपुरमा रही कार्य गर्दै आएका बाहिरी जिल्लाका कर्मचारीले समेत सहभागिता जनाउन पाउने समिति सदस्य लामाले बताए ।
उनका अनुसार, प्रतियोगितामा सहभागी हुन टिम दर्ता गराउनु पर्ने र टिम दर्ताको लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ ।
सो प्रतियोगिताको प्रथम र द्धितिय हुनेले क्रमशः नगद ३० हजार र १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथार प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, दैनिक एक जना उत्कृष्ट खेलाडीलाई मुख्य प्रायोजकका तर्फबाट पुरस्कारको व्यवस्था पनि गरिएको छ ।