रास्वपाले केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ ।
पार्टी सभापति रवि लामिछानेले भोलि बुधबार बिहान ८ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।
उक्त बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनका बारेमा छलफल हुने रास्वपाले जनाएको छ ।
साथै बैठकमा केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रमबारे छलफल हुनेछ ।