गाडी दुर्घटनामा परेर गाउँपालिका उपाध्यक्षको मृत्यु

तु खबर संवाददाता
२०८१ भाद्र ४, मंगलवार १०:१९
सांकेतिक तस्वीर

हुम्ला । गाडी दुर्घटनामा परेर हुम्लाको हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उपाध्यक्ष कार्कीको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गरे कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा परेर गम्भीर घाइते उनको नेपालगञ्जस्थित अस्पतालमा उपचारको क्रममा आज बिहान २ बजेको समयमा मृत्यु भएको हो ।

मृतक कार्की नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए ।

उनी कर्णाली प्रदेश सभा सदस्य जुम्कीत लामाका श्रीमान् पनि हुन् ।