बुधबार नेप्से १०८ अकंले बढ्यो, कारोबार खुम्चियो

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबार भारी अंकले गिरावट आएको नेप्से बुधबार भने बढेको हो ।
आज नेप्से परिसूचक १०८ दशमलव ३५ अकंले बढेर २ हजार ७५९ दशमलव ६७ बिन्दुमा कायम भएको छ । यसअघि मंगलबार परिसूचक १४५ अंक अर्थात् ५ दशमलव १८ प्रतिशतले गिरावट आएको थियो ।
यस्तै, आज कारोबार भने खुम्चिएको छ । यसदिन २३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर किनबेच भएको छ भने १७ अर्ब ९५ करोड ९ लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार नेप्से घटेपनि २३ अर्ब ७१ करोडको कारोबार भएको थियो । बुधबार १३ वटै उपसूचकमा हरियाली छाएको छ ।