प्रतिनिधि सभाका नवनियुक्त सचिवद्वारा शपथ ग्रहण

काठमाडौं । प्रतिनिधि सभाका नवनियुक्त सचिव सुरेश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
नवनियुक्त सचिव अधिकारीले बुधबार एक कार्यक्रमबीच सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मंगलबार उक्त पदमा नियुक्त गरेका हुन् ।
शपथ कार्यक्रममा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको सहभागिता रहेको थियो ।