लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ ३१,बिहीबार १७:०१
सांकेतिक तस्बिर

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३, बाङ्गे बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगरसहित बिहीबार बिहान प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले ४५ ग्रामसहित ४ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय दिवस भण्डारी, ४० वर्षीय अनिल राई, २४ वर्षीय संगम राई र मोरङ कानेपोखरी गाउँपालिका–२ केरवन बस्ने २६ वर्षीय देवेन्द्र बुढाथोकी रहेका छन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।