विद्यालयस्तरमा विश्व योग दिवस मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी असार ७ (२१ जुन) गते विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठक शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षता बसेको हो । सो बैठकले ‘महिला सशक्तीकरणका लागि योग’ नाराका साथ विद्यालयस्तरमा दिवस मनाउने निर्णय गरेको हो ।
मन्त्री श्रेष्ठको सचिवालयका अनुसार, बैठकले प्रदेश र स्थानीय तहमा समेत योग दिवस मनाउन पत्राचार गरिनुका साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत् विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।