नारायणी यातायातद्वारा मकवानपुरका प्रजिअलाई स्वागत
मकवानपुर । नारायणी यातायात व्यवसायी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाललाई स्वागत गरेको छ ।
संघले सोमबार एक कार्यक्रमको आयोजना गरी मकवानपुरमा भर्खरै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी चिलुवाललाई स्वागत गरेको हो ।
कार्यक्रम संघका अध्यक्ष हीरालाल श्रेष्ठको सभाध्यक्षतामा भएको हो ।
स्वागत कार्यक्रममा संघका महासचिव सरोजकुमार खनाल, पूर्वअध्यक्ष बद्रीप्रसाद चौलागाई, संघका कानूनी सल्लाहकार आइआर ढकाल, सल्लाहकार भानुभक्त आचार्यलगायत यातायात ब्यवसायी, कर्मचारीको सहभागिता रहेको थियो ।
