श्रम मन्त्रालयका लागि ८ अर्ब १० करोड बजेट छुट्याइयो

तु खबर संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १६:४७
file-photo

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब १० करोड बजेट छुट्याइएको छ ।

मंगलबार सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट सार्वजनीकरण गर्दै अर्थमन्त्री वर्षमन पुनले सो बारे जानकारी गराएका हुन् ।

यस्तै, श्रम र रोजगारीसम्बन्धी समस्या सम्बोधनका लागि श्रमाधान योजना सञ्चालन गरिने, वैदेशिक रोजगारीलाई व्यवस्थित गरिने जानकारी गराउँदै मन्त्री पुनले आगामी आर्थिक वर्षमा तीन वटा रोजगारका गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिने उल्लेख गरे ।

त्यस्तै, सरकारले आगामी आर्थिक वर्षमा प्रदेश प्रदेशका १ हजार युवालाई स्वरोजगार बनाउन ४३ करोड बजेट विनियोजन गरेको उनले बताए ।

यसैगरी, सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ, खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ र कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजित गरिएको उनले जानकारी दिए ।