सञ्चार मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन

तु खबर संवाददाता
२०८१ जेष्ठ १५, मंगलवार १६:३७

काठमाडौं । सरकारले सञ्चार तथा  सूचना  प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मंगलबार सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट सार्वजनीकरण गर्दै अर्थमन्त्री वर्षमन पुनले सो बारे जानकारी गराएका हुन् ।

यस्तै, सरकारले खानेपानी मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि २६ अर्ब ६३ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री पुनले बताए ।

अर्थमन्त्री पुनले कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजित गरेको बताए ।