हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
मकवानपुर । पूर्ब–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, थानाभर्याङमा गएराति बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
सर्लाहीबाट काठमाडौंतर्फ जादै गरेको ना ७ ख १६७५ नं. को बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । उनको हाल नामथर वतन खुलेको छैन ।
बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको र उनको शव हेटौंडा अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
प्रहरीले बस चालक रौतहट चन्द्रनिगाहापुर नगरपालिका वडा नम्वर १ पौराही बस्ने अन्दाजी ५८ वर्षीय कृष्णबहादुर थापालाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।