सेयर बजारमा वृद्धि, झण्डै साढे ३ अर्बको कारोबार

तु खबर संवाददाता
२०८१ बैशाख ३१, सोमबार १८:००
file-photo

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा वृद्धि आएको छ । आज नेप्से परिसूचाक २४ दशमलव ३९ अंकले वृद्धि आएको हो ।

कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १ दशमलव २३ प्रतिशतले बढेर १९९८ अंकमा पुगेर रोकिएको हो ।

सोमबार १४८ वटा कम्पनीको मूल्य बढेको छ भने ८५ कम्पनीको मूल्य घटेको छ । यस्तै आज ११ कम्पनीको मूल्य भने स्थिर छ ।

आज नेप्से सूचक दोहोरो अंकले बढ्दा झण्डै साढे ३ अर्बको कारोबार भएको छ । आज ३ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।

यस्तै, आज ९५ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको जनाइएको छ ।