गायक रवि ओड प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८१ बैशाख ३०, आईतवार ०९:२५
file-photo

धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओडलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

ओड इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार, ओडलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

उनीविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैत्रमा उजुरी दर्ता गराएकी थिइन् । सोही दिन कञ्चनपुर जिल्ला अदालतले ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।