एकैपटक ४८ जना उपसचिवको सरुवा

काठमाडौं । सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ ।
विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन गरिएको हो ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बिहीबार २७ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको जनाएको छ ।
सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरुमध्ये केहीलाई जिल्ला समन्वय समितिको जिम्मेवारी तोकिएको छ भने केहीलाई विभिन्न मन्त्रालयहरुमा सरुवा गरिएको छ ।