आज अन्तर्राष्ट्रिय मजदुर दिवस मनाईँदै

तु खबर संवाददाता
२०८१ बैशाख १९, बुधबार ०८:३५

मकवानपुर । आज मे महिनाको १ तारिख, संसारभरि नै वर्षको यो दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाईँदैछ ।

यसलाई मे दिवस भनेर पनि चिनिन्छ । मे दिवसलाई समाजवाद अनि कम्यूनिज्मसँग तथा क्यूबा र पूर्व शोभियत यूनियनसँग जोडेर हेर्ने चलन पनि रहेको छ । तर, यस दिनलाई श्रमिक अधिकारको वकालत गर्ने दिनका रुपमा चिनिन्छ ।

आजकै दिनमा नेपालका पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईँदैछ ।

सन् १८८६ को मे महिनाको ४ तारिखमा अमेरिकाको सिकागोमा हे मार्केट काण्ड भएको संझनामा मे १ लाई श्रमिक अनि श्रमसँग समबन्धित मुद्धाको लागि विशेष अन्तराष्ट्रिय दिवसका रुपमा मनाईन्छ ।