मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने

तु खबर संवाददाता
२०८० चैत्र १६, शुक्रबार १६:२१

हेटौंडा । फागुन २३ गते बागमती सरकारबाट बाहिरिँदै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् ।

अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

शुक्रबार नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ ।

११० जना सदस्य रहेको बागमती प्रदेश सभामा ५६ मत पाएमा उनको मुख्यमन्त्री पद कायम रहन्छ ।