बागलुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो

तु खबर संवाददाता
२०८० चैत्र ६, मंगलवार ०९:११

काठमाडौँ । बागलुङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । दुर्घटनामा २८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा ७ जनाको घटनास्थलमै र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट १५० मिटर तल खसेको थियो ।