मकवानपुर प्रहरीद्वारा २७ क्विन्टल प्याज नियन्त्रणमा

मकवानपुर । मकवानपुर प्रहरीले २७ क्विन्टल प्याज नियन्त्रणमा लिएको छ । प्रहरीले आज बिहान सवा ३ बजेको समयमा हेटौंडा–१५ रातोमाटे चेकपोष्टस्थित सडकखण्डबाट उक्त प्याज नियन्त्रणमा लिएको हो ।
मकवानपुर प्रहरीका अनुसार, पथलैया तर्फबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ५६५४ नम्बरको बोलेरो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीमा राजश्व छली चोरी पैठारी गरी ल्याएको सो परिमाणको प्याज बरामद भएपछि बरामद प्याज र गाडीलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको उक्त प्याज र गाडीलाई आवश्यक कारबाही तथा अनुसन्धान कार्यको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको प्रहरीले जनाएको छ ।