नेप्से ९.३३ अंकले बढ्यो, तीन अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको चौथो दिन एवम् बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.३३ अंकले बढेको छ ।
सोमबार सकारात्मक सर्किट र मंगलबार उच्च अंकको गिरावटपछि आज बजारमा केही सुधार आएको हो ।
परिसूचक ९ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ ।
यस्तै, आज विभिन्न तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार नौ सय ४० पटक खरिदबिक्री भएको छ भने रु तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ को कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ, जीवन बीमा र म्यूचुअल फण्डबाहेकको समूहको उपसूचक बढेको छ ।



