संसद् भवनबाट पक्राउ परेका मिटरब्याजी पीडितहरु रिहा

तु खबर संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १८:२२
file-photo

काठमाडौँ । निषेधित क्षेत्र तोडेर संघीय संसद् भवन परिसरमा आन्दालेन गर्ने क्रममा पक्राउ परेका मिटरब्याजी पीडितहरु रिहा भएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनबाट गत फागुन १४ मा ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा थुनामा रहेका ४९ जनालाई रिहा गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ ।

उनीहरुले केही दिनदेखि विभिन्न माग राख्दै आन्दोलन गर्दै प्रदर्शन गर्दै आएका छन् ।