पक्राउ परेका मिटरब्याज पीडितलाई रिहा गर्न सांसदको माग

काठमाडौं । फागुन १४ गते संसद भवन परिसरमै छिरेर आन्दोलन गर्ने क्रममा पक्राउ परेका मिटरब्याज पीडितलाई रिहा गर्न एमाले सांसदले माग गरेको छ ।
राष्ट्रिय सभा सदस्य विमला घिमिरेले बिहीबार बसेको बैठकमा मिटरब्याज पीडितहरुका माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै मिटरब्याज पीडितलाई रिहा गर्न माग गरेकी हुन् ।
उनले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडितहरु आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनेपछि संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भएको अवस्थालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताइन् ।
उनले मिटरब्याज पीडितका माग समयमै सम्बोधन नगर्दा थप दुर्घटना हुनेतर्फ सरकारले सोच्न आवश्यक रहेको बताइन् ।