सिम्भञ्ज्याङमा हिमपात

तु खबर संवाददाता
२०८० फाल्गुन १०, बिहीबार १८:३३
file-photo

मकवानपुर । जिल्लाको थाहा नगरपालिकास्थित पर्यटकीय क्षेत्र दामन र सिमभञ्ज्याङमा हिमपात भएको छ । आज दिउँसोदेखि हिमपात हुँदा सो क्षेत्रको जनजीवन कष्टकर बनेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

तापक्रम माइनसमा झरेपछि चिसोले जनजीवन कष्टकर बनेको हो । यो समाचार तयार पर्दासम्म मकवानपुरको हेटौंडा, मनहरी, बकैया, इन्द्रसरोवर, भीमफेदीलगायत क्षेत्रमा पनि वर्षा भइरहेको छ ।

सडकमा ५ इन्च ढाक्ने गरी हिउँ थुप्रिएका कारण त्रिभुवन राजपथ अन्तरगतको हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा समेत अवरुद्ध बन्न पुगेको छ ।
बिहिबार यस वर्षको हिउँदयाममा पहिलो पटक वर्षा र हिमपात भएको हो ।