१२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले यही माघ २२ गते भोलि सोमबार १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।
केन्द्रीय बैंकले जारी गर्ने गरी १८२ दिने र ३६४ दिने गरी दुई किसिममा उक्त ट्रेजरी बोलकबोल गर्न लागेको हो ।
मंगलबार जारी हुने ट्रेजरी नयाँ नभएर यसअघि नै बिक्री भएको पुरानै ट्रेजरीको नवीकरण गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकको सूचनाअनुसार १८२ दिने ट्रेजरीका लागि ७ अर्ब रुपैयाँ नवीकरण हुनेछ भने ३६४ दिनेका लागि ५ अर्ब रुपैयाँ नवीकरण हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले सोमबार अर्थात् माघ २२ गते दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिइसक्नुपर्नेछ ।
उक्त ट्रेजरीको बिक्री भने माघ २३ गते मंगलबार हुनेछ ।



