राजश्व छलि गरेर हेटौंडा ल्याउँदै गरिएको ३ हजार ६८० बोरा मल बरामद

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले राजश्व छलि गरेर हेटौंडा ल्याउँदै गरेको रासायनिक मलसहितको ट्रकलाई नियन्त्रणमा लिएको छ ।
८ वटा रासायनिक मल सहितको ट्रकलाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटे प्रहरी चेकपोष्टबाट ट्रक नियन्त्रणमा लिइएको हो । प्रहरीले अबैध रुपमा निकासी हुँदै गरेको ३ हजार ६८० बोरा मल बरामद गरेको छ ।
प्रहरीका अनुसार ना ६ ख ५२०४, बा.प्र.०३–००१ख ०९५२ लु १ ख ९५६९, ना ६ ख ३७३०, प्र २–०३–००१ ख ६९७७, ना ६ ख ३७२५, बा.प्र ०३–००१ख ०९५४ र ना ६ ख ९७८६ नम्वरको ट्रक नियन्त्रणमा लिइएको हो ।