मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारको एक वर्ष पूरा

तु खबर संवाददाता
२०८० पुष २५, बुधबार १६:४४

मकवानपुर । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वको सरकारले १ वर्षको अवधिमा १३ वटै जिल्लामा प्रदेश सरकारका मन्त्रालयका सेवा कार्यालयबाट सेवा प्रवाह तथा सञ्चालन, संघ, अन्तरप्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा उल्लेखनीय प्रगती भएको जनाएको छ ।

आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले आज पत्रकार सम्मेलन गर्दै सरकारले यो अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको बताए ।

२०७९ साल पौष २५ गते सरकारको मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले स्थानीय तहको क्षमता विकासका लागि प्रदेश सरकारले गरेको वित्तीय हस्तान्तरण, लगानी र सहयोगले स्थानीय शासन सुदृढीकरणमा अभूतपूर्व गोगदान पुगेको स्पष्ट पारे ।

प्रदेश विश्वविद्यालय स्थापना, प्रदेश उच्च शिक्षा परिषद् गठन, प्रदेश अस्पतालहरुको स्तरउन्नती, निशुल्क शैयामार्फत् आम नागरिकको पहुँच बढाउन सरकार प्रयत्नशील रहेको उल्लेख गरे ।

एक वर्षको अवधीमा बागमती प्रदेश मन्त्रिपरिषद्का २४ बैठक बसेर एक सय ३८ निर्णय गरिएको उनले बताए । यो अवधिमा प्रदेश सभा समक्ष पेश भएका ७ वटा ऐन जारी भएको जनाइएको छ ।

यो अवधीमा २ सय ७२ किमि सडक पक्की गर्नुका साथै १ सय ५९ किमि ग्रावेलस्तरको सडक निर्माण, २६ वटा पुल तथा ६ वटा भाmेलुंगे पुल निर्माण गरिएको जनाइएको छ ।