ट्याक्टर दुर्घटनामा परी ५ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० पुष ५, बिहीबार १०:०८
सांकेतिक तस्वीर

काठमाडौँ । ट्याक्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । रुकुम पश्चिममा भएको दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् ।

आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै गएराति सवा १० बजे रा १ द १४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी आठबिसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिएका छन् ।

यसैगरी आठबीसकोट–१० डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भद्र सार्की र ४७ वर्षीया निर्मला सार्कीको पनि मृत्यु भएको छ ।