गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना

तु खबर संवाददाता
२०८० मंसिर २०, बुधबार १०:१९
file-photo

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार राति अस्पताल भर्ना भएका छन् ।

उनी गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा भर्ना भएका हुन् ।

हाल उनको सघन उपचार कक्षमा उपचार भइरहेको र स्वास्थ्यावस्था स्थिर रहेको गृहमन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ ।

गत असोज ३० देखि कात्तिक १ गतेसम्म उनी चीन भ्रमणमा गएका बेला मुटुमा समस्या (एक्युट मायोकार्डियल इन्फ्राक्सन) भएको थियो ।