दुर्घटनामा परेर बोलेरो चालकको मुत्यु

तु खबर संवाददाता
२०८० मंसिर १८, सोमबार ०९:३५
सांकेतिक तस्वीर

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा गएराति बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

याम्फुदिनको भोटे गाउँबाट छेबुक तर्फ जाने क्रममा प्र.१–०१–००१ ज.३४३७ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरीका अनुसार, ओरालो बाटोमा गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर पल्टिँदा उक्त गाडीले नै किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।